धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल, वडा नं.–१० सिमलघाट, घोडाघोडी नगरपालिका–१२ नक्फोडुवा र टीकापुर नगरपालिका–९ पायलगाउँ स्थित सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५१ हजार ६ सय ९० बराबरका भन्सार छलीको सामान बरामद गरिएको हो।
उक्त मूल्यका चिनी, सुर्ती, टाएर, माछा, कस्मेटिक लगायतका सामान प्रहरीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













