• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

किस्ता पर्खाइमा बाढीपहिरोबाट विस्थापित परिवार

  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–४ र ५ का बाढीपहिरोबाट विस्थापित परिवार लामो समयदेखि तेस्रो किस्ता रकमको पर्खाइमा छन् । २०७७ सालमा आएको बाढीपहिरोले यहाँका झन्डै १२८ जना घरपरिवार विस्थापित भएका थिए । यी विस्थापित परिवारलाई सरकारले स्थापित गर्नका लागि २०७८ सालमा घरबास कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

त्यही कार्यक्रम अनुसार नेपाल प्राधिकरणले यहाँका १२८ परिवारलाई घर निर्माणका लागि सङ्घबाट ६०, प्रदेशबाट तिस र स्थानीय सरकारबाट १० प्रतिशत रकम दिने गरेर सम्झौता गरेको थियो । सोही अनुसार एक जना परिवारलाई झन्डै पाँच लाख रुपियाँ दिएपछि बाढीपहिरोबाट विस्थापितले २०७८ सालदेखि घर निर्माण गर्ने काम सुरु गरेका थिए । नेपाल प्राधिकरणले भने अनुसार पीडितहरू घर निर्माणको काम सम्पन्न गरे पनि अहिलेसम्म उनीहरूले त्यो रकम पाएका छैनन् ।

पहिलो किस्ता टहरा निर्माण भनेर ७५ हजार र त्यसपछि दुई लाख ५० हजार रुपियाँ उनीहरूले प्राप्त गरेका छन् । बाँकी तेस्रो किस्ता घर निर्माणको काम सम्पन्न गरिसकेपछि मात्र दिने भनेपछि उनीहरूले ऋण जोहो गरेर निर्माणको काम सम्पन्न गरेका थिए । हालसम्म तेस्रो किस्ताको रकम पाएका छैनन् । घर निर्माण गरेको दुइ वर्ष भयो, अहिलेसम्म तेस्रो किस्ता रकम नपाएको हिमाली गाउँपालिका–४, फैतीका रमेश विकले बताए । उनले भने, “फैतीमा जम्मा २८ जना दलित परिवार छन् । ती सबै विस्थापित भएका छन् । २८ जनामा २१ जनाले पहिलो र दोस्रो किस्ता पाएका छन् तर यसैमा सात जनाले भने पहिलो किस्ता ७५ हजार मात्र रकम पाएका छन् ।”

घर बनाएर भित्र पसेको पनि झन्डै दुई वर्ष भयो तर तेस्रो किस्ता रकम भने अहिलेसम्म नपाएको विकले बताए । यो अवस्था हिमाली–४ का २८ जना दलित परिवारको मात्र होइन । हिमाली–५ का सयौँ जना विस्थापित परिवारको पनि अवस्था उस्तै छ । यहाँका विस्थापित परिवारले पनि त्यसरी नै घर निर्माण गरेका छन् । गाउँमा ऋण सापट गरेर उनीहरूले घर निर्माणको काम सम्पन्न गरेर घरभित्र बसोबास गर्दै आएका भए पनि पाउनुपर्ने अन्तिम किस्ता रकम दिइएको छैन् । तेस्रो किस्ताका लागि उनीहरूले पटक पटक माग गर्दै आए पनि यस रकमका बारेमा केही सुनुवाइ नभएको हिमाली–५ का किउडीका वीरबहादुर बुढाले बताए ।

हुन त यो व्यथा हिमालीका बासिन्दाको मात्र होइन बुढीगङ्गा, त्रिवेणी र गौमुलका बाढीपहिरोबाट विस्थापित परिवारको अवस्था पनि यस्तै छ । यहाँका बासिन्दाले पनि गाउँमा ऋण सापट गरेर घर निर्माण गरेका छन् तर उनीहरूलाई दिने भनेको रकम उनीहरूले अहिलेसम्म दिइएको छैन । यहाँका बाढीपहिरोबाट विस्थापित भएका घरपरिवारका लागि घरबास कार्यक्रम अन्तर्गत दिनुपर्ने रकम सङ्घले ६० प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत हो । आफूले उनीहरूलाई त्यो रकम पहिल्यै दिइसकेको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।

उनले भने, “यहाँका स्थानीयले अन्तिम किस्ता रकम चाँडै आउँछ भनेर बजारमा साहुसँग घर निर्माण गर्दा आवश्यक पर्ने सबै सामान लिएर घर निर्माण गरेका हुन् तर अहिलेसम्म उनीहरूको त्यो रकम सङ्घ र प्रदेशले दिएको छैन ।” यसका लागि पटक पटक प्रमुख जिल्ला अधिकारी तथा सङ्घ र प्रदेशसँग धेरै पटक कुरा राख्दै आएको तर त्यहाँबाट त्यो रकम भने अहिलेसम्म नआएको अध्यक्ष मल्लले बताए । बाढीपहिरो पीडितको कसैको दोस्रो र कसैको तेस्रो किस्ता रकमका लागि झन्डै १५ करोड रुपियाँ गृह मन्त्रालयमा माग गरेको तर त्यो रकम अहिलेसम्म नआएको उनले बताए । गोरखापत्रबाट

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप
८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर
रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम
धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

८ वर्षदेखि अलपत्र शिवगङ्गा पुल, हरेक वर्ष अस्थायी संरचना निर्माण गर्दै उपमहानगर

रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

धनगढी उपमहानगरपालिका-१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.