चैनपुर- बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा बिहीबार राति धमेना नजिकै जिप दुर्घटना हुँदा तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए ।
जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए । रासस













