• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

भुवो,भस्सोको सामान्य जानकारी

  •   आइतबार, पुष २२, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका विभिन्न गाउँबस्तीमा हिउँद सुरु भएसँगै भुवो पर्व मनाउने गरिन्छ । भुवा, भुवो वा भस्सो भनेर मनाइने भुवो पर्व दशैँ र तिहारपछिको रमाइलो (राम) पर्वका रूपमा लिने गरिन्छ । सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेशमा पनि भुवा पर्व मनाइने गरिएको छ ।

प्रत्येक वर्ष पुसेऔँशीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्वलाई त्यस भेगमा दशैँपछि को दोस्रो ठूलो पर्व मान्ने गरिएको छ । हिन्दु परम्परा अनुसार मौलिक लोकसंस्कृति, धार्मिक मूल्यमान्यता, वीरताको गाथा गाएर मनाइने भुवा पर्वको आफ्नै किसिमको महत्व रहेको छ । पहाडबाट बसाइँसराइ गरी तराईका कैलाली र कञ्चनपुरमा आएकाले पनि भुवा पर्व मनाउने गरेका छन् । भुवामा लोग्ने मान्छेहरू एक हातमा ढाल र अर्को हातमा तरबार बोकेर बाजागाजाका साथमा गोलाकारमा रहेर भस्सो खेल्ने गर्छन् ।महाभारत युद्धकालदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा यो पर्व आरम्भ भएको जनविश्वास रहिआएको छ ।

सत्ययुगमा पाण्डव र कौरवबीचको लडाइँमा सत्यमार्गमा हिँडेका पाण्डवले विजय हासिल गरेको अवसरमा भुवा पर्व खेलिएको किंवदन्ती छ ।

पुसेऔँशीको राति भुवाखाडोमा मुडामा आगो बालेपछि यो पर्व सुरु हुन्छ । गाउँका एक जना नाइक ९प्रमुख मान्छे० ले स्नान गरी मुडामा आगो लगाएपछि भुवा पर्वको सुरुवात हुने परम्परा छ । प्रतिपदाका दिन लुगा धुने र ढाल–तरबारलाई चम्किलो बनाउने, ढालमा कालो रङ पोतेर चम्किलो बनाउने तथा तरबारलाई धारिलो पारिन्छ ।

द्वितीया तिथिको दिन (चिउडी पिठायो) चामल पिसेर बेसार मिलाएको रङ लगाई एकआपसमा खुसी साटासाट गरी आफूले बनाएको अगुवा (नाइक) को उपस्थितिमा कौरव पाण्डवका दूतका रूपमा खापर जगन्नाथ वा अखडामा विशेष प्रदर्शन गरिन्छ ।

भुवा खेल्ने पुरुषले सेतो भोटो (दौरा सुरुवाल) सहित जामा, खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो लामो कपडाको पहिरन र टाउकोमा पगरी, ढाँडमा फेटा बाँधी दायाँ हातमा तरबार र बायाँ हातमा रङ्ले सिँगारिएको ढाल नचाएर नाच देखाउने गर्छन् ।

तृतीयाको दिन भुवाखाडोबाट भुवा तथा भस्सोको रौनक सुरु हुन्छ । बाजागाजासहित लाइन मिलाएर भस्सो खेलिन्छ । औँशी र प्रतिपदाका दिन चम्काइएका ढाल–तरबार हात हातमा बोकेर बाजाको लयमा (चाली) भुवा नाच सुरु हुन्छ ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरु (माडा हाल्ने व्यक्ति) को निर्देशन अनुसार पौराणिक राम राज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश दिँदै भुवा खेल्ने गरिन्छ । भुवामा चाली खेल्नका लागि बाजाको ताल पनि बेग्लै हुन्छ ।

यो पर्वमा छरछिमेकले आआफ्नो घरमा विभिन्न परिकार पकाएर एकआपसमा बाँडेर खाने चलन छ । सत्यको जित भएको खुसियालीमा भुवा पर्व मनाए पनि यस पर्वले वर्षदिन भेटघाट नभएका इष्टमित्र, दाजुभाइ, छरछिमेकबीच भेटघाट तथा आपसी सम्बन्ध प्रगाढ बनाउने काम पनि गर्दछ ।

यस पर्वको मुख्य आकर्षण भनेको नै ‘भुवा नाच’ हो । हातमा तरबार र ढाल लिई बाजागाजासहित गाउँ–गाउँ घरदैलोमा गई भस्सो नाच खेलिने हुँदा घरमा सुखशान्ति र समृद्धि भित्रिने मान्यता रहिआएको छ । भुवो पर्व सुरु भएपछि गाउँमा भुवा वा भस्सो खेल्नेले यसरी भाका गाउने चलन छ :

‘ए भुवो काँ जाने हइ ? भस्सो रे भस्सो ।’

‘दई केला (दही केरा) खान, भस्सो रे भस्सो ।।’

‘भेट्न भस्सो रे भस्सो ।।।’

‘ठूलाबडालाई मान्न्, भस्सो रे भस्सो ।।।।’

जब गाउँमा प्रवेश गरी भुवो खेल्ने गरिन्छ, त्यस बेला गाइने गीत भने फरक खालको हुन्छ । एक ठाउँबाट चाली (ढाल तरबार नाच) खेल्न सुरु गरी अर्का घरको आँगनबाट निस्किने र त्यो समयमा गाइने गीत तलका श्लोकले प्रस्ट्याउँछ :

‘हे भाइ भैराला चेलाउ, भैला झाउ कोघरू ठकुर्‍याइलो होला ।’

‘हरे भाइ हदेली लिई सानावली, सुनजल्याखी सोघरू ठकुर्‍याइलो होला ।’

‘हरे भाइ निरश निरशतमे बाहिरनाई पाटाखानी लाइहाल्यो खेल ।’

‘हरे भाइ कसोरी निबसु हामे बाहिरनाई धुलो

पुण्याइनु हाम्रो गाथ ।’

‘हरे भाइ उरस्याउली, धुर स्याउली फटकाइहेल

गाथ छु परतुडी तेर ।’

‘हरे भाइ सात्या पोको, भात्या पोको राज बक्सिस् ।’

‘हामु चाहियो पँहेलो पिठायो ।’

खप्तडछान्ना गाउँपालिकामा भुवा खेल्नेहरूले गाउने उक्त हरफलाई स्थानीय भाषामा माण (गीत) भनिन्छ । पाण्डव र कौरवबीचको युद्धमा पाण्डव पक्षले विजयका लागि गरेको सङ्घर्षको कथालाई माथिका गीतमा समेटिएको छ ।

महाभारत युद्धकालदेखि नै यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । त्यो बेला भएको धर्मयुद्धमा पाण्डव विजयी भएपछि खुसियालीस्वरूप विजय यात्राका रूपमा भुवा पर्व मनाइएको मान्यता रहिआएको छ । यो पर्व मनाइएको खेतगरामा अन्न उत्पादन बढ्ने जनविश्वास छ ।

पाण्डवको विजयपश्चात् गरिएको र्‍यालीसँगै सबै ठाउँबाट विजयोत्सवका साथै मनोरञ्जन, हर्षबढाइँ गर्दै जागरुक हुनुपर्ने सन्देश दिइएको पौराणिक कथन छ । त्यही भएर जब गाउँघरमा भुवो खेलेर भुवाखाडामा प्रवेश गरिन्छ यो कहाँबाट आयो र कुन क्षेत्रबाट आयो भनेर माणा (गीत) हाल्न सुरु गरिन्छ ।

गुरु माणा (गीत) भन्ने व्यक्तिले पहिले भुवो माथि मन्त्रोच्चारण गर्छन् । पाण्डवले जङ्गलमा बास बसेको समय तथा दुःखलाई सुखमा परिवर्तन गर्न खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन छ ।

वनवासमा रहँदा पाण्डव दाजुभाइले छोडेको चिनारी भएका ठाउँ आसपासमा यो पर्व बढी मनाउने गरिएको पाइन्छ । खप्तडछान्ना गाउँपालिकामा पाण्डवका दाजुभाइले ढुङ्गा गाडेको, ढुङ्गा बोकेको, केही ठाउँमा डाँडा काटेर खोला बनाएको किंवदन्ती छ । गडराय, पाटादेवल, बामिलीमा ढुङ्गा गाडेको, खप्तडमा रहेको केदार ढुङ्गा पाण्डवका पाँच भाइमध्येका भीमले भारतको केदारनाथबाट गाद् (कपडाको अगाडिको भाग) मा बोकेर ल्याएको, छान्नाको बीच भागमा खनेर खोला बगाएको भन्ने मान्यता रहिआएको छ ।

छान्ना पालिकाको सबै गाउँमा भुवा पर्व मनाउने परम्परा रहेको छ । भुवा पर्व मनाउँदा रातभर आगो बालेर खुला स्थानमा जाग्राम बस्ने, आगो ताप्ने, चाली वा भस्सो लेख्ने, देउडा, भारीखेल लगाएर रातभर रमाइलो गरिन्छ ।

सामान्यतः यो पर्व तीनदेखि नौ दिनसम्म मनाइन्छ । कतिपय ठाउँमा अर्को पूर्णिमासम्म नै मनाउने गरिएको छ । भुवा खेल्ने स्थानमा देवीलाई पूजाआजा गरी बलि चढाएर भुवा पर्व विसर्जन गरिन्छ ।

आइतबार, पुष २२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १३ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.