• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. चिसापानी–कुइने सडक तत्काल सञ्चालन गर्न प्रदेश सरकारसँग माग

  • ८. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ९. समृद्ध प्रदेश निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : मुख्यमन्त्री भट्ट

  • १०. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

भुवो,भस्सोको सामान्य जानकारी

  •   आइतबार, पुष २१, २०८१ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका विभिन्न गाउँबस्तीमा हिउँद सुरु भएसँगै भुवो पर्व मनाउने गरिन्छ । भुवा, भुवो वा भस्सो भनेर मनाइने भुवो पर्व दशैँ र तिहारपछिको रमाइलो (राम) पर्वका रूपमा लिने गरिन्छ । सुदूरपश्चिममा मात्र नभई कर्णाली प्रदेशमा पनि भुवा पर्व मनाइने गरिएको छ ।

प्रत्येक वर्ष पुसेऔँशीको अघिल्लो दिनदेखि सुरु हुने भुवा पर्वलाई त्यस भेगमा दशैँपछि को दोस्रो ठूलो पर्व मान्ने गरिएको छ । हिन्दु परम्परा अनुसार मौलिक लोकसंस्कृति, धार्मिक मूल्यमान्यता, वीरताको गाथा गाएर मनाइने भुवा पर्वको आफ्नै किसिमको महत्व रहेको छ । पहाडबाट बसाइँसराइ गरी तराईका कैलाली र कञ्चनपुरमा आएकाले पनि भुवा पर्व मनाउने गरेका छन् । भुवामा लोग्ने मान्छेहरू एक हातमा ढाल र अर्को हातमा तरबार बोकेर बाजागाजाका साथमा गोलाकारमा रहेर भस्सो खेल्ने गर्छन् ।महाभारत युद्धकालदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा यो पर्व आरम्भ भएको जनविश्वास रहिआएको छ ।

सत्ययुगमा पाण्डव र कौरवबीचको लडाइँमा सत्यमार्गमा हिँडेका पाण्डवले विजय हासिल गरेको अवसरमा भुवा पर्व खेलिएको किंवदन्ती छ ।

पुसेऔँशीको राति भुवाखाडोमा मुडामा आगो बालेपछि यो पर्व सुरु हुन्छ । गाउँका एक जना नाइक ९प्रमुख मान्छे० ले स्नान गरी मुडामा आगो लगाएपछि भुवा पर्वको सुरुवात हुने परम्परा छ । प्रतिपदाका दिन लुगा धुने र ढाल–तरबारलाई चम्किलो बनाउने, ढालमा कालो रङ पोतेर चम्किलो बनाउने तथा तरबारलाई धारिलो पारिन्छ ।

द्वितीया तिथिको दिन (चिउडी पिठायो) चामल पिसेर बेसार मिलाएको रङ लगाई एकआपसमा खुसी साटासाट गरी आफूले बनाएको अगुवा (नाइक) को उपस्थितिमा कौरव पाण्डवका दूतका रूपमा खापर जगन्नाथ वा अखडामा विशेष प्रदर्शन गरिन्छ ।

भुवा खेल्ने पुरुषले सेतो भोटो (दौरा सुरुवाल) सहित जामा, खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो लामो कपडाको पहिरन र टाउकोमा पगरी, ढाँडमा फेटा बाँधी दायाँ हातमा तरबार र बायाँ हातमा रङ्ले सिँगारिएको ढाल नचाएर नाच देखाउने गर्छन् ।

तृतीयाको दिन भुवाखाडोबाट भुवा तथा भस्सोको रौनक सुरु हुन्छ । बाजागाजासहित लाइन मिलाएर भस्सो खेलिन्छ । औँशी र प्रतिपदाका दिन चम्काइएका ढाल–तरबार हात हातमा बोकेर बाजाको लयमा (चाली) भुवा नाच सुरु हुन्छ ।

बायाँ हातमा ढाल, दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरु (माडा हाल्ने व्यक्ति) को निर्देशन अनुसार पौराणिक राम राज्यका गाथा गाउँदै शुभकामना, हितकारी सन्देश दिँदै भुवा खेल्ने गरिन्छ । भुवामा चाली खेल्नका लागि बाजाको ताल पनि बेग्लै हुन्छ ।

यो पर्वमा छरछिमेकले आआफ्नो घरमा विभिन्न परिकार पकाएर एकआपसमा बाँडेर खाने चलन छ । सत्यको जित भएको खुसियालीमा भुवा पर्व मनाए पनि यस पर्वले वर्षदिन भेटघाट नभएका इष्टमित्र, दाजुभाइ, छरछिमेकबीच भेटघाट तथा आपसी सम्बन्ध प्रगाढ बनाउने काम पनि गर्दछ ।

यस पर्वको मुख्य आकर्षण भनेको नै ‘भुवा नाच’ हो । हातमा तरबार र ढाल लिई बाजागाजासहित गाउँ–गाउँ घरदैलोमा गई भस्सो नाच खेलिने हुँदा घरमा सुखशान्ति र समृद्धि भित्रिने मान्यता रहिआएको छ । भुवो पर्व सुरु भएपछि गाउँमा भुवा वा भस्सो खेल्नेले यसरी भाका गाउने चलन छ :

‘ए भुवो काँ जाने हइ ? भस्सो रे भस्सो ।’

‘दई केला (दही केरा) खान, भस्सो रे भस्सो ।।’

‘भेट्न भस्सो रे भस्सो ।।।’

‘ठूलाबडालाई मान्न्, भस्सो रे भस्सो ।।।।’

जब गाउँमा प्रवेश गरी भुवो खेल्ने गरिन्छ, त्यस बेला गाइने गीत भने फरक खालको हुन्छ । एक ठाउँबाट चाली (ढाल तरबार नाच) खेल्न सुरु गरी अर्का घरको आँगनबाट निस्किने र त्यो समयमा गाइने गीत तलका श्लोकले प्रस्ट्याउँछ :

‘हे भाइ भैराला चेलाउ, भैला झाउ कोघरू ठकुर्‍याइलो होला ।’

‘हरे भाइ हदेली लिई सानावली, सुनजल्याखी सोघरू ठकुर्‍याइलो होला ।’

‘हरे भाइ निरश निरशतमे बाहिरनाई पाटाखानी लाइहाल्यो खेल ।’

‘हरे भाइ कसोरी निबसु हामे बाहिरनाई धुलो

पुण्याइनु हाम्रो गाथ ।’

‘हरे भाइ उरस्याउली, धुर स्याउली फटकाइहेल

गाथ छु परतुडी तेर ।’

‘हरे भाइ सात्या पोको, भात्या पोको राज बक्सिस् ।’

‘हामु चाहियो पँहेलो पिठायो ।’

खप्तडछान्ना गाउँपालिकामा भुवा खेल्नेहरूले गाउने उक्त हरफलाई स्थानीय भाषामा माण (गीत) भनिन्छ । पाण्डव र कौरवबीचको युद्धमा पाण्डव पक्षले विजयका लागि गरेको सङ्घर्षको कथालाई माथिका गीतमा समेटिएको छ ।

महाभारत युद्धकालदेखि नै यो पर्व आरम्भ भएको विश्वास गरिन्छ । त्यो बेला भएको धर्मयुद्धमा पाण्डव विजयी भएपछि खुसियालीस्वरूप विजय यात्राका रूपमा भुवा पर्व मनाइएको मान्यता रहिआएको छ । यो पर्व मनाइएको खेतगरामा अन्न उत्पादन बढ्ने जनविश्वास छ ।

पाण्डवको विजयपश्चात् गरिएको र्‍यालीसँगै सबै ठाउँबाट विजयोत्सवका साथै मनोरञ्जन, हर्षबढाइँ गर्दै जागरुक हुनुपर्ने सन्देश दिइएको पौराणिक कथन छ । त्यही भएर जब गाउँघरमा भुवो खेलेर भुवाखाडामा प्रवेश गरिन्छ यो कहाँबाट आयो र कुन क्षेत्रबाट आयो भनेर माणा (गीत) हाल्न सुरु गरिन्छ ।

गुरु माणा (गीत) भन्ने व्यक्तिले पहिले भुवो माथि मन्त्रोच्चारण गर्छन् । पाण्डवले जङ्गलमा बास बसेको समय तथा दुःखलाई सुखमा परिवर्तन गर्न खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन छ ।

वनवासमा रहँदा पाण्डव दाजुभाइले छोडेको चिनारी भएका ठाउँ आसपासमा यो पर्व बढी मनाउने गरिएको पाइन्छ । खप्तडछान्ना गाउँपालिकामा पाण्डवका दाजुभाइले ढुङ्गा गाडेको, ढुङ्गा बोकेको, केही ठाउँमा डाँडा काटेर खोला बनाएको किंवदन्ती छ । गडराय, पाटादेवल, बामिलीमा ढुङ्गा गाडेको, खप्तडमा रहेको केदार ढुङ्गा पाण्डवका पाँच भाइमध्येका भीमले भारतको केदारनाथबाट गाद् (कपडाको अगाडिको भाग) मा बोकेर ल्याएको, छान्नाको बीच भागमा खनेर खोला बगाएको भन्ने मान्यता रहिआएको छ ।

छान्ना पालिकाको सबै गाउँमा भुवा पर्व मनाउने परम्परा रहेको छ । भुवा पर्व मनाउँदा रातभर आगो बालेर खुला स्थानमा जाग्राम बस्ने, आगो ताप्ने, चाली वा भस्सो लेख्ने, देउडा, भारीखेल लगाएर रातभर रमाइलो गरिन्छ ।

सामान्यतः यो पर्व तीनदेखि नौ दिनसम्म मनाइन्छ । कतिपय ठाउँमा अर्को पूर्णिमासम्म नै मनाउने गरिएको छ । भुवा खेल्ने स्थानमा देवीलाई पूजाआजा गरी बलि चढाएर भुवा पर्व विसर्जन गरिन्छ ।

आइतबार, पुष २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
यस्तो छ आजको मौसम पूर्वानुमान
सुदूरपश्चिम प्रदेश: बजेट शून्यतासँगै प्रदेश सभा पनि शून्य
बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय
कैलारी आधारभूत अस्पतालमा एक महिनामै १ हजार २ सय बिरामीले लिए सेवा

समाचार

सबै

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

एक जना फरार प्रतिवादी पक्राउ

विशेष

सबै
गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ५ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ महिना 

  • १.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.