धनगढी । कैलालीमा प्रहरीले ३ लाख ८६ हजार ८८० को बेवारिसे सामान फेला पारी बरामद गरेको छ ।
शनिबार राती जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिगएको प्रहरी टोलीले सो सामान फेला पारी बरामद गरेको हो । कैलालीको कैलारी गाउँपालिका ४ के गाउँबाट रु २,०१,००० – बराबरको छिद्रा माछा, किरानाका सामाना र सुर्तिजन्य पदार्थ फेला पारेको छ ।
धनगढी उप – महानगरपालिका ९ त्रिबेणीघाट र धनगढीगाउँ बाट मुल्य रु. १,२२,५८०- बराबरको किरानाका सामान फलामको साङल र पाउडर दुध फेला पारेको छ ।
त्यस्तै जोशीपपुर गाउँपालिका १ बाट मुल्य रु.२०,०००- बराबरको छिद्रा माछा, जुत्ता, चप्पल र मोजा वेवारिसे अवस्थामा फेलापारी बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।













