काठमाडौं । रूपन्देही, मायादेवी गाउँपालिका४ मोतिपुरस्थित सडकमा एएस २६ एसी २५३७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-७ बंसिचोकस्थित सडकमा रा.४ प ८१५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक रामेछाप मन्थली नगरपालिका-११ घर भएका ४१ वर्षीय लोक बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नवलपरासी पश्चिम, सुनवल नगरपालिका(२ बत्रौलीस्थित सडकमा लु.९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका-५ बस्ने १८ वर्षीय दीप प्रजापतिको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ फाईरिङ चोकस्थित सडकमा डब्लुबी ७४ बीएन ६८८५ नम्बरको स्कार्पियोको ठक्करबाट सोही नगरपालिका(६ साठिबिगा बस्ने ५८ वर्षीया माला थापाको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कार्पियो चालकलाई
प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














