धनगढी । हेफर इन्टरनेशनल नेपालको ‘कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना’को प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
सुदूरपश्चिमका पाँच पालिकामा सञ्चालित उक्त परियोजनाको आइतबार धनगढीमा प्रगति समीक्षा तथा प्रदेशस्तरीय समन्वयात्मक गोष्ठी सम्पन्न भएको हो ।
स्थानीय तहसँगको साझेदारीमा सञ्चालित उक्त परियोजना बझाङको जयपृथ्वी नगरपालिका,मष्टा गाउँपालिका,खप्तडछान्ना गाउँपालिक,छविसपाथिभेरा गाउँपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकामा सञ्चालनमा रहेको जनाइएको छ ।
गोष्ठीमा बझाङको जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले हेफर परियोजना प्रभावकारी भएको बताए । उनले यो परियोजना विपन्न नागरिक केन्द्रीत भएको बताउँदै कुनै पनि कार्यक्रम नतिजामुखि हुनुपर्ने बताए । उनले स्थानीय स्तरमा काम गर्न ठूला भन्दा घरेलु उद्योग सहज हुने बताए ।
कार्यक्रममा मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरा,खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकाया,छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्तबहादुर चलाउने र कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयाप्रसाद शर्माले यो परियोजना प्रभाकारी भएको र यसलाई दीगो बनाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले यो कार्यक्रमले दुर दराजका जनतालाई समेटेर जीविकोपार्जनमा सहयोग पु¥याएको बताए ।
हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले हेफरले जीविकोपार्जन र अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको बताए । उनले हेफरले नेपालमा ५४ जिल्लाका ४ लाख परिवारका कार्यक्रम गर्दै आएको बताए । उनले हेफरले परियोजनामार्फत रुपान्तरण खोज्ने गरेको बताए ।

कार्यक्रममा हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत नरेश धामीले बझाङका पालिकामा सञ्चालित परियोजनाको प्रगतिलगायत बिषयमा प्रस्तुतिकरण गरेका थिए भने कार्यक्रम संयोजक जगदीश धामीले पुनर्वासमा सञ्चालित परियोजनाका बारेमा प्रस्तुतिकरण राखेका थिए ।













