धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ रामजानकी मन्दिर नजिक, कालिका मन्दिर नजिक, वडा नं. १० गणपती इटाभट्टा नजिक, वडा नं. १९ लल्लीपुर र गोदावरी–४ वनदेबीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ६२ हजार बराबरको सामान बरामद गरिएको हो ।
उक्त मूल्यको चिनी, बदाम, बिडी, सुर्ती, बच्चाको कपडा, सल, हाईनेक, टाउजर, उलन सर्ट, स्विटर, रेलिङ पिल्लर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














