कञ्चनपुर । भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ४ ग्राम ३
सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम सिंह नायकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













