• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

थारू समुदायले वरघर (भलमन्सा) छान्दै

  •   शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित

कञ्चनपुर । यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले धार्मिककार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका छन् ।

प्रत्येक वर्ष थारू समुदायका प्रत्येक गाउँमा वरघर चयनको कार्य हुने गरेको छ । “राम्रो कार्य गर्ने वरघरले अर्को वर्ष पनि गाउँको नेतृत्व गर्ने मौका पाउँछन्”, कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले भने, “गाउँलेले पुरानोको कामलाई मन नपराए अर्को वरघर ९भलमन्सा० चयन गर्छन् ।” गाउँका बासिन्दाको सल्लाहमा वरघर चयन हुने गरेको उनले बताए ।

उनका अनुसार वरघरिया भनेको थारू समुदायको नेतृत्वकर्ता हो । थारू समाजमा वडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको वरघरियाले सिङ्गो थारू गाउँको नेतृत्व गरेको हुन्छ । वरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् ।

जनप्रतिनिधिले वरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् । “जनसहभागिता जुटाउन र गाउँले भेला गर्न वरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो”, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, “वरघरिया भएका गाउँमा विकास निर्माण गर्न निकै सहज हुन्छ ।”

बजेटको मुख नताकेर जनश्रमदान जुटाएर विकास निर्माणका कार्य विगतमा हुँदै आएकामा हाल त्यस कार्यमा भने कमी आएको उनी बताउछन् । विकास निर्माण ज्याला मजदुरीमै गराउन थालिएपछि श्रमदान गर्ने कार्यमा कमी आएको उनको भनाइ छ ।

दुई दिनअघि मात्र वरघरमा चयन भएका कृष्णपुर नगरपालिका–२ वाणीका धनबहादुर चौधरी गाउँको रीतितिथि बसाल्ने कार्यका लागि जिम्मेवारी दिएकाले निष्पक्ष तरिकाले कार्य गर्ने बताउछन् । विकास निर्माणदेखि देवीदेवताको पूजा गर्ने, चाडपर्वमा नृत्य टोलीको व्यवस्था गर्ने, अंशवण्डा गर्ने, गाउँमा हुने विवाहको चाँजोपाँजो खटनपटनको कार्य गर्न योजना बनाएर लागू गर्ने उनले बताए।

थारू समुदायमा वरघरले गरेको निर्णय मान्नुपर्ने परम्परा छ । वरघरिया, गुरूवा, केसौका, चिरक्या र चौकिदारलाई गाउँको कार्य गरेबापत निश्चित रूपमा धान, गहुँलगायत अन्न गाउँका प्रत्येकका घरबाट उठाएर तिरो दिन्छन् । अहिले नगद रकम उठाएर दिने चलन पनि छ । यो प्रथा थारू समुदायको बसोबास रहेको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा प्रचलनमा छ ।

केही स्थानीय तहले नगरसभाबाट कानुन पारित गरेर यस प्रथालाई व्यवस्थित बनाउने कार्य गरेका छन् । गाउँको सामूहिक कार्यको योजना वरघरले बनाउँछन् भने वर्षभरि गरिने घरको योजना घरको मुखियाले बनाउने गर्छन् । माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घरव्यवहारबारे छलफल गर्ने गरिन्छ । जसमा खेतमा कुन बाली लगाउने, उमेर पुगेका घरका युवायुवतीको विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको व्यवहार कसले गर्नेलगायत योजना पर्छन् । रासस

 

  • समुदायले वरघर
शुक्रबार, माघ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

समाचार

सबै

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

दुई सामुदायिक विद्यालयलाई ८८ सेट डेस्क–बेन्च

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.