धनगढी । कैलालीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोडबाट बैतडीको पाटन नगरपालिका–८ घर भई हाल धनगढी रोडमा भोले फ्रुट्स सप्लायर्स संचालन गरी बस्ने २९ वर्षीय जग्दिश भट्टकोे पसलबाट ७३ ग्राम ८४० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट सोही ठाउँका २२ वर्षीय अभिसेक बसुवा र गौरीगंगा नगरपालिका–१ का २२ वर्षीय बिष्णु गुरुङलाई १९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













