डोटी। डोटीमा करेन्ट लागेर एक जना पुरुष घाइते भएका छन् । दिपायल–सिलगढी नगरपालिका– ७ रातोलीका ४० वर्षीय भरतराज विष्ट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार विष्ट आफ्नै घरमा बिजुलीको वायरिङ गर्ने क्रममा आइतबार करेन्ट लागेर घाइते भएका हुन् ।
घाइते विष्टलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचार पश्चात् थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।














