धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । सोमबार मेन रोड धनगढी मुख्यमन्त्री कार्यालय अगाडि धनगढी २ सन्तोषी टोल बस्ने सन्देश राईले चलाएको सुप प्र ०१-०१२ प ३९३६ नम्बरको मोटरसाइकलले सुनारलाई ठक्कर दिएको हो ।
सुनारलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सचिव सुनारको दाहिने हात भाँच्चिएको छ भने टाउको र अर्को हातमा पनि गम्भीर चोट लागेको छ । उनको अहिले धनगढीको निशर्ग अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।













