धनगढी । धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँबाट सोही ठाउँ बस्ने २७ वर्षीय खेमराज राना पक्राउ परेको प्रहरीले जनाएको छ ।
रानालाई १४० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।














