डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिपायलबाट कानाचौर तर्फ जाँदै गरेको जिप गएराति ९ बजेको समयमा बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौर स्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका-१ गैराका २६ वर्षीय अर्जुन मल्लले चलाएको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर की वर्ष ३० कि ज्ञानकुमारी बोहरा र सप्तरी जिल्लाको कंकाली नगरपालिका-४ का वर्ष २४ का काजल मण्डल घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । जिप सडकबाट अन्दाजी २० मिटर तल खसेको जनाइएको छ ।














