काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिका(४ गिम्दी दोर्जेलिङ डाँडास्थित सडकमा बा.६८ प २२०८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार काभ्रे बेथानचोक गाउँपालिका-१ सुकुम घर भएकी ३८ वर्षीया मेनुका गौतमको मृत्यु भएको
छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ खैरिघाटस्थित सडकमा सु.प.प्र.०१-००१ ख ३६१० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने मिन बहादुर कुँवरको छोरा २ वर्षीय सुशान्त कुँवरको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुर्खेत, भेरीगंगा नगरपालिका-२ सप्तरीस्थित सडकमा सुर्खेतबाट छिन्चुतर्फ आउँदै गरेको क.प्र.०२००२ प ७२०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक बीरेन्द्रनगर नगरपालिका-११ चारकुने बस्ने ४१ वर्षीय दिप बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहहेको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-७ प्रेमनगरस्थित सडकमा म.प्र.०३-००१ ज ०५५४ नम्बरको विङगरको ठक्करबाट साइकलयात्री बर्दिबास नगरपालिका-७ बस्ने ७० वर्षीय देबेन्द्र साह सोनारको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको घनुषा लालगढस्थित मोडेल अस्पताल हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा बा.प्र ०२-०४२ प ३६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार
गोरखा, गोरखा नगरपालिका-१२ पन्ध्रकिलो बस्ने ३० वर्षीय रबिन श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१४ भावना चोकस्थित सडकमा बा.प्र.०१-०२९ च ७५९७ नम्बरको कार र बा.प्र.०६-००१ प ५०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-१४
बस्ने २१ वर्षीय रोशन अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकालई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, वालिङ नगरपालिका-८ डुम्रीकोटस्थित सडकमा ग.१ ख ९४७२ नम्बरको ट्रकमा लु.६९ प ८०६७ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बिरूवा गाउँपालिका-७ घर भई वालिङ नगरपालिका-९ क्यापस रोड बस्ने १६ वर्षीय सुशिल गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख, भगवतीमाई गाउँपालिका(१ मौले तालस्थित सडकमा मनघरबाट दैलेखतर्फ आउँदै गरेको क.प्र.०२-००२ प २८७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक डुङ्गेश्वर गाउँपालिका लाकुरी बस्ने ४० वर्षीय तेज बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो ।
पाँचथर, याङबरक गाउँपालिका-२ ईण्द्रेणी ओडार छेउस्थित सडकमा तिनतिम्बुबाट च्याङथापुतर्फ आउँदै गरेको मे.१ त ६८९४ नम्बरको ट्याक्टर अन्यन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-१ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहानको
घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा ९ जनाको मृत्यु
सवारी दुर्घटनामा ९ जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













