काठमाडौं । ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित सोही नगरपालिका-४ घर भएका अर्पिल खत्रीको आर.ए पेन्ट्स पसलमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
साथै उक्त आगलागी फैलिएर सोही ठाउँ बस्ने धनुषा घर भएका दिपेन्द्र शाहको नमो मनोकामना डेन्टल क्लिनिकमा समेत आगलागी हुँदा करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
इलाम, इलाम नगरपालिका-४ जस्बिरेस्थित विश्वास सुब्बाको जस्बिरे टि फ्याक्ट्रीमा मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ दोगहरास्थित श्रीराम बानियाको एमके पेपर प्लेट उद्योगको भवनको दोस्रो तलाबाट विद्युत सर्ट भई मंगलबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
दोलखा, बिगु गाउँपालिका-८ थामीचागु बस्ने मान बहादुर थामीको घरमा मंगलबार राति विद्युत सर्ट भई आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-१४ चाखलडाँडा बस्ने रूद्र बिष्टको घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब १२ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।














