धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक, भजनी नगरपालिका–५ पुलियापुर र कैलारी गाउँपालिका–३ शिवरत्नपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३ लाख ६९ हजार २ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका चिनि, बिडी, सिद्रा माछा, प्लाष्टिकको कुर्सी, साईकल, बच्चाको खेलौना लगायत श्रृंगारका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













