धनगढी । कञ्चनपुरमा अखेटोपहारसहित एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा जिल्लाको बेलौरी नगरपालिका–७ सिमपुरकी शान्ती चौधरी रहेकी छ्न ।
सिमपुरस्थित प्रमोद डगौराको घरमा अवैध बन्यजन्तुको अखेटोपहार रहेको छ भन्ने गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले शुक्रबार डगौराको घरमा खानतलासी गर्दा चितुवाको सानो, ठुलो छाला ४ थान, जरायोको सानो, ठूलो सिङ ४ थान, बदेलको बङ्गारा २ थान, बन्यजन्तुको सानो खुट्टा ३ थान, बन्यजन्तुको सानो बङ्गाराको टुक्राहरु ३ थान, फलामको चेन बाधेर बनाईएको फलामको पासो ३ थान, प्लास्टिकको डोरीले पासो थाप्न बनाईएको जाली ७ थानसहित प्रमोद डगौराकी श्रीमती ४० वर्षीया शान्ती चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार शान्तीलाई पक्राउ गरी अनुसन्धान भईरहेको र प्रमोद डगौराको खोज तलास भईरहेको छ ।













