धनगढी । सहकारी केन्द्र नेपाल कञ्चनपुरको दोस्रो जिल्ला भेला बेलौरीमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भेलाले नयाँ जिल्ला समिति सर्वसम्मत चयन गरेको छ ।
भेलाले राजेन्द्र भण्डारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा विमला राना,सचिवमा विश्वराज ढकाल,सहसचिवमा रमेश पार्की चयन भएका छन् भने कोषाध्यक्षमा चन्चल चौधरी चयन भएका छन् ।
भण्डारीको अध्यक्षतामा २७ सदस्यीय समिति चयन भएको जनाइएको छ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको प्रमुख आतिथ्यतामा भएको भेलामा विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश सहसचिव एवं फ्र्याक्सन इन्चार्ज केशवनाथ योगी,जिल्ला समन्वय समिति कञ्चनपुरका सचिव सहवीर सुनार र सहकारी केन्द्रका केन्द्रीय उपाध्यक्ष उर्मीला चौधरी रहेकी थिइन् ।














