धनगढी । नेकपा एमालेले संगठन विस्तार अभियान अन्तर्गत वडा केन्द्रित तीन महिने अभियानका क्रममा सोमबार चुरे गाउँपालिका–२ मा ‘जरा केन्द्रित’ अभियान सञ्चालन गरेको छ ।
एमालेले तीन महिने अभियानलाई अभियानको रूपमा चिनाउने उद्देश्यले सो अभियान सञ्चालन गरेको हो । उक्त अभियानअन्तर्गत टोलसम्म पार्टी कमिटी विस्तार गर्ने र सदस्यता नवीकरण तथा वितरण गरेर संगठन विस्तार गर्ने रहेको छ ।
वडाभन्दा तल्लो तह मानिने टोलसम्मै एमालेको संगठन र कमिटी विस्तार गर्नका लागि अभियान सञ्चालन गरेको नेकपा एमालेका सचिवालय सदस्य टेकबहादुर शाहले निशाना न्युजलाई बताए ।
उनले अभियानको उद्देश्य जनताको बिचमा नेकपा एमालेलाई पु¥याउने र कमिटी नभएका ठाउँमा बनाउने रहेको बताए । सो कार्यक्रममा एमाले नेता डम्बर सिंह, हिक्मत भाट, नविन वम,चुरे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष केशव साउँद लगायतको सहभागिता रहेको थियो ।















