धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहनगरपालिका–२ ट्राफिक चौराह,वडा नं –४ मल्ल पेट्रोलपम्प नजिक, वडा नं –१९ लल्लीपुर घाट र भजनी नगरपालिका–३ मोहनपुर र वडा नं–६ ढुसीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु ४ लाख ३९ हजार १ सय ७० बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका प्याज, चिनी, मिश्री, पेयपदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानीपुरी, प्लाष्टिक झिल्ली, सिद्रा माछा, १ थान मोटरसाईकललगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













