धनगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान महासचिव रामसिंह ठगुन्नालाई पितृ शोक परेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ठगुन्नाका बुवा प्रमले ठगुन्नाको ७६ वर्षको उमेरमा निधन भएको हो ।
उनको दार्चुलाको मार्मा गाउँपालिका–४ बस्तोलीमा भीरबाट खसेको ढुङ्गा लागि बिहीबार साँझ ८ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।














