• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चैतन्य पाठशालाले मनायो ११५औं अन्तर्राष्ट्रिय नारी दिवस

  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । “सबै महिला र छोरीहरूका अधिकार समानता र सशक्तीकरणको हकदार“ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चैतन्य आमा अभिभावकहरूका लागि शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

महिला सशक्तीकरण, नारी नेतृत्व, परिवारमा महिलाहरूको भूमिका र समसामयिक सामाजिक परिवेशका विषयमा गहन छलफल गर्न आयोजित कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी पूर्वउपप्रमुख तथा समाजसेवी सुशीला मिश्र प्रमुख वक्ताका रूपमा उपस्थित थिइन्। कार्यक्रममा चैतन्य पाठशालाका शिक्षक, विद्यार्थी, अभिभावक, महिला अभिभावक, पत्रकार, बुद्धिजीवी तथा विभिन्न सामाजिक सङ्घसंस्था प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख वक्ता पूर्वउपप्रमुख मिश्रले महिला सशक्तीकरण, नेतृत्व विकास, सामाजिक र आर्थिक स्वावलम्बन जस्ता विषयमा विशेष प्रकाश पार्दै भनिन्, “महिलाहरू समाजको मेरुदण्ड हुन्। उनीहरूको सहभागिता बिना कुनै पनि समाजको विकास सम्भव छैन। इतिहासमा हेर्दा पनि नारीहरू नेतृत्वदायी भूमिकामा रहेका छन्। तर आज पनि महिलाहरू अनेकौँ सामाजिक कुरीति, भेदभाव र हिंसाका सिकार छन्। हामीले अब महिलाहरूलाई अधिकार र अवसर प्रदान गर्दै समानताको यात्रामा अघि बढ्नुपर्छ।”

उनले भनिन्,“हामीले छोरीहरूलाई पढाउनुपर्छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु पर्दछ। महिला शिक्षित भए मात्र सिङ्गो परिवार शिक्षित हुन्छ र समाज रूपान्तरण हुन्छ।”

सहभागीहरूले महिलाको नेतृत्व, परिवारमा महिलाको भूमिका, शिक्षा र आर्थिक स्वावलम्बनका विषयमा खुला छलफल गरेका थिए। कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले महिलाहरूको सशक्तीकरणका लागि विविध दृष्टिकोण प्रस्तुत गरेका थिए। वक्ताहरूले विशेष गरी समाजमा महिलाहरूको नेतृत्वदायी भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा विचार व्यक्त गरेका थिए । उनीहरुले आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा महिलाहरूलाई अगाडि बढाउन आवश्यक नीतिहरू लागू गर्नुपर्नेमा जोड दिए। परिवार एकाइभित्र महिलाहरूको भूमिका अपरिहार्य रहेको र उनीहरूको सशक्तीकरण बिना समाजको सही विकास हुन नसक्ने विषयमा चर्चा गरिएको थियो। महिलाहरू घरको मेरुदण्ड मात्र नभएर समाजका हरेक तहमा नेतृत्वदायी भूमिकामा रहनुपर्ने धारणा वक्ताहरूले राखेका थिए ।

कार्यक्रममा बोल्दै चैतन्य ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले उपस्थित सम्पूर्ण लाई धन्यवाद दिँदै शिक्षा नै महिलाको सशक्तीकरणको मूल आधार भएको बताए। महिला शिक्षित भएमा समाजमा सचेतना फैलाउन सकिने र उनीहरू आर्थिक रूपमा पनि आत्मनिर्भर बन्ने वातावरण तयार गर्न सकिने उनले बताए ।

अभिभावकहरूले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिए भने केहीले घरभित्रै हुने लैङ्गिक भेदभाव हटाउनुपर्ने भनाई रहेको थियो । महिलाहरू अझै पनि घरपरिवारको सीमाभित्र मात्रै सीमित रहेका र आत्मनिर्भर हुन, बाहिरको विश्व हेर्न र आफ्नो भविष्य निर्माण गर्न शिक्षा, सीप र अवसरको आवश्यकता रहेको भनाइ राखेका थिए ।

कार्यक्रमले महिला सशक्तीकरण, नारी नेतृत्व र लैङ्गिक समानताको विषयलाई गहिरोसँग उजागर गरेको छ। सहभागीहरूले कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिएका थिए ।

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.