धनगढी । ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ जना महिलाहरूलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा व्यवसाय क्षेत्रबाट निर्मला सिंह, स्वास्थ्य क्षेत्रबाट शुलोचना अधिकारी, शिक्षा क्षेत्रबाट शान्ति भट्ट, कला क्षेत्रबाट शुसिला कार्की, सामाजिक क्षेत्रबाट लक्ष्मी बोगटी कुँवर र सञ्चार क्षेत्रबाट शारदा फुलारा रहेका छन् ।
बुधबार सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का रहेकी थिईन् ।
सम्मान कार्यक्रममा बोल्दै सामाजिक विकास राज्य मन्त्री सरस्वती मन्त्री खड्काले निजी क्षेत्रबाट समाजमा हरेक क्षेत्रमा कार्य गरी रहेका महिलाहरूलाई एक ठाउँमा ल्याई गरिएको सम्मानले महिलाहरूमा अझै ऊर्जा थपिएको बताइन् ।
उनले अझै महिलाले अनेक प्रकारका समस्याबाट गुज्रिरहेको बताउँदै मन्त्रालयका तर्फबाट आफूले सक्दो सकरात्मक प्रयासहरु गरिरहेको बताइन् ।
सौँराइ स्क्वायर धनगढीका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरुलाइ सम्मान गर्न पाउँदा सौँराइ परिवार हर्षित भएको बताए ।
समाजमा केहि गर्नुपर्छ भनेर आँट गरिरहेका महिलाहरूलाई प्रोत्साहन गर्न सौँराइ नारी सम्मानको सुरुवात गरेको उनले बताए । सौँराइ नारी सम्मानको यो तेस्रोे सिजन हो ।













