धनगढी । चेक अनादर मुद्दामा फरार एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय नैन अहमद पक्राउ परेका हुन ।
अहमदलाई बुधवार धनगढी उपमहानगरपालिका–१ रातोपुलबाट वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अदालमा पेश गरेको जनाइएको छ ।














