काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो ।
नेपाल शिक्षक महासंघले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए ।
गते चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएका छन् ।













