बैतडी । बैतडीका एक शिक्षककको बसको ढोका बाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा चौलानी बोडिङ स्कुल दार्चुलाका शिक्षक २८ बर्षका बिष्णुराज भट्ट रहेका छन् । मृतकको घर बैतडी दोगडाकेदार गा.पा. ४ कपिन्ना हो ।
भर्ना प्रचारको लागी गोकुलेश्वर बाट पन्ज्युनया तर्फ जाँदै गरेको बोडिङ स्कुल दार्चुलाको सु.प.प्र.०४-००१ क ०००९ नम्बर बसको ढोका बाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको र बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।













