धनगढी । कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ ।
आइतबार जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा सोही ठाउँ बस्ने ४० वर्षीय वीरेन्द्रबहादुर ऐरले संचालन गर्दै आएको श्री बेताल स:मिल एण्ड फर्निचर उद्योगको हाता भित्र अवैध रुपमा राखिएको अन्दाजी रु. ३ लाख ८८ हजार ३५० बराबरको काठ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्य बराबरको साल जातको ९ गोलिया( ७७.६७ क्यु. फिट) काठ इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ सब डिभिजन वन कार्यालय शुक्लाफाँटालाई बुझाएको जनाइएको छ ।













