कंञ्चनपुर । कंञ्चनपरको एक मिल भित्र राखिएको ३ लाख ८८ हजार ३५० मुल्यको काठलाई प्रहरीले पकउ गरेको छ ।
आईतबार साँझ कंञ्चनपुरको शुक्लाफाटा ११ कलुवापुर बस्ने बिरेन्द्र बहादुर ऐरले संचालन गर्दै आएको बेताल समिल एण्ड फर्निचर उधोगको हाता भित्र अबैध रुपमा राखिएको सो मुल्यको काठ प्रहरीले पक्राउ गरेको हो ।
मिलबाट साल जातको ( गोलिया ) ७७.६७ क्यु. फिट.काठ इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सब डिभिजन बन कार्यालय शुक्लाफाटा कञ्चनपुरलाई बुझाएको जनाएको छ ।













