धनगढी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव तेजराज भट्टलाई पितृशोक परेको छ ।
नेपाल पत्रकार महासंघ कैलालीका सचिवसमेत रहेका भट्टका पिता तिलाराम भट्टको ८६ वर्षको उमेरमा बुधबार बिहान कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
स्वर्गीय भट्टको आजै धनगढीस्थित त्रिवेणी आर्यघाटमा अन्त्यष्टि गरिएको छ । स्वर्गीय भट्ट केही समययता बिरामी थिए ।













