काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका हुन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।













