धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित बाह्रवन साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।
आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
निर्वाचनमा अध्यक्षका लागि वीरबहादुर चोखाल, डण्डीराज सुवेदी र टेक बहादुर बुढा चुनावी प्रतिष्पर्धामा छन । बुढा नेकपा एमाले निकट हुन भने चोखाल र सुवेदी कांग्रेस निकट हुन ।
निर्वाचनबाट अध्यक्षसहित १६ जना निर्वाचित हुनेछ्न । १ सय ४६ मतदाता रहेका छन ।














