धनगढी । प्रहरीले कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ । बुधबार जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान नियन्त्रणमा लिएको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ विश्वनाथ मन्दिर नजिक,वडा नंं–२ मसानटोल,वडा नं.१९ लल्लिपुर,भजनी नगरपालिका–६ नवलपुर, वडा नं. ७ हिक्मतपुर र टीकापुर नगरपालिका–९ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु २ लाख ९९ हजार ८६० बराबरको सामान नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जनाएको छ ।
उक्त मूल्यका गम्छा, तौलिया, सारी, कुर्ती, सुट, टप्स, सेन्डो,बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, ब्रोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














