कैलाली । धनगढी उपमहानगरपालिका-१३ राना टोल बस्ने पार्वती देवी जोशीको घरको आगनमा पार्किङ गरी चार्जमा राखेको सु.प.प्र ०१-०१२ प ३८०५ नम्बरको ईलेक्ट्रिक स्कुटरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर करिब २ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













