• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

घ्यू चल्ने,दुध नचल्ने प्रचलन कायमै

  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित

बैतडी । लोकतन्त्र स्थापना भएको १९ वर्ष बितिसक्दा पनि समाजमा दलित भनिएका समुदायले उत्पादन गरेको दुध अझै चल्न सकेको छैन । बैतडीलगायत सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा महिनावारी भएका महिलालाई पाँच दिनसम्म दुधदही दिइँदैन भने अर्कोतर्फ दलित समुदायले उत्पादन गरेको दुधदही सदिऔँदेखि कथित उच्च वर्गले चलाउने गरेका छैनन् ।

समाजमा अझै जातीय छुवाछुत र भेदभाव कायमै रहेकाले कृषि र पशुपालनमा लागेका दलित समुदायको घिउ चले पनि दुध चल्न नसकेको दलित अगुवा राजुराम भुलले बताए । गाउँपालिका र नगरपालिकाका क्षेत्रमै जातीय भेदभावका कारण दुध नचलेपछि दलित समुदायका मानिस पशुपालन व्यवसायमा लाग्न नसक्दा रोजगारीका लागि भारत पलायन हुने गरेका छन् ।

लोकतन्त्र स्थापनापछि बजार क्षेत्रमा भने दलित समुदायले दुध हालेको चिया खान पाउन थालेको दलित समाज विकासमञ्च बैतडीका सचिव दलभद्र दयालले बताए । उनले जातीय रूपमा छोइटिटो गर्ने परम्परा हटे पनि अन्य समुदायको जस्तो पशुपालन गरेर दुध बेचेर जीविका चलाउन सक्ने अवस्था नरहेको बताए । दलित र महिनावारी भएका महिलाले दुधदही खाएमा गाईभैँसी बिग्रन्छन् भन्ने अन्धविश्वास हटाउन धामीझाँक्री र पुजारी अग्रसर हुनुपर्ने बनारसीधामका पूजारी गणेशप्रसाद पन्तले बताए। उनले भने, “रूढीवादी परम्परा हटाउन कानुनको पालना र जनचेतना जगाउनु पर्छ । विदेश गएर जुठो भाँडा माझ्नुभन्दा स्वदेशमै गईभैँसी पालेर दुधदही बिक्री गर्ने वातावरण स्थानीय सरकारले मिलाउनु पर्छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार बैतडीमा दलित समुदायको ५० हजार जनसङ्ख्या रहेको छ तर १० पालिकाका ८४ वडामा कतै पनि दलित समुदायमा व्यक्ति दुग्ध व्यवसायमा लागेको भेटिएको छैन । जिल्लाका कतिपय गाउँपालिका केन्द्रमै दुध नै पाइँदैन । बजारमा दुध बिक्री गरे दलित वा छाउ भएका महिलाले खान सक्छन् भन्ने अन्धविश्वासका कारण ग्रामीण भेगका किसान दुध बिक्री नै गर्दैनन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा २४ हजार दुधालु गाईबाट वार्षिक छ हजार ४८० मेट्रिक टन र १९ हजार दुधालु भैँसीबाट वार्षिक नौ हजार ८९५ मेट्रिक टन दुध उत्पादन हुने गरेको छ । कार्यालय प्रमुख गुमानीदत्त पन्तका अनुसार प्रतिव्यक्ति वार्षिक आधारभूत ९१ लिटर दुध आवश्यक पर्नेमा बैतडीमा ९६ लिटर प्रतिव्यक्तिमा उपलब्धता रहेको बताए । गाउँघरमा एक समुदायले अर्को समुदायलाई सितिमिति दुध नदिने भएकाले गोरसका लागि भए पनि प्रत्येक घरपरिवारमा गाईभैँसी पाल्ने चलनका कारण दुधको उपलब्धता रहेको उनले बताए । ग्रामीण क्षेत्रका अधिकांश किसान व्यावसायिक पशुपालनमा लाग्न नसक्दा आर्थिक अवस्था बलियो बन्न नसकेको पशु प्राविधिकले बताएका छन् । गोरखापत्रबाट

शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

समाचार

सबै

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.