अछाम । आगलागीबाट ३ करोड ८६ लाख ६५ हजारको धनमाल जलेर नष्ट भएको छ । अछामको साँफेगरमा आज बिहान ३ :४५ बजे लागेको आँगलागीबाट १० पसल जलेर नष्ट हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
साँफेबगर नगरपालिका वडा नं ३ स्थित हाटवजारमा सुवेच्छा होटलवाट विद्युत सर्ट भई सल्कीएको आगोले १० वटा पसल नष्ट भएका थिए ।
अछामको चौरपाटी घर भई हाल साँफे नगरपालिका ३ बस्ने बर्ष २५ को प्रेम खड्काको सुभेच्छा म:म. सेन्टर , गंग बहादुर कुँवर को काल भैरव जनरल स्टोर , मकर कुँवरको रिभरसाईड नास्ता पसल , टिका कुँवरको ब्युटीपारर्लर, र ज्ञानेन्द्र कुँँवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भऐको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।
त्यस्तै दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेको पसल जलेको , भिम कुवरको रोडसाईड रेष्टुरेन्ट , सुमन कुँवरको ई.भी. काउन्टर एण्ड पसल किसोर भाटको नास्ता पसल , सुरेस कुंँवरको सितल होटल एण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा क्षेती भएको उनले बताए ।
६ बजेर ५ मिनेटमा स्थानीय, नेपाल प्रहरी, तथा सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको डिएसपी भण्डारीले जानकारी दिए ।













