धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सञ्चार क्षेत्र महत्वपूर्ण र जोखिम भएको बताएका छन् । शनिबार धनगढीमा आयोजित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल,सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटनसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सञ्चार क्षेत्र सजिलो बिषय होइन् । तपाई सञ्चारकर्मीहरु त्यसलाई चुनेर केही गर्न सक्छु भनेर लाग्नुभएको छ । देशमा भएका विकृतिविरुद्ध आवाज उठाउनुस् । पछाडि परेका समुदायका अगाडि बढाउन तिर लाग्नुहोस् ।’
उनले सञ्चारकर्मीले संविधान र कानुनको पालना गराउन कलम चलाउनु पर्ने बताए । प्रदेश प्रमुख मियाँले संविधान र कानुन अक्षरशः पालन गराउनका लागि कलम चलाउनु पर्ने बताउँदै देशमा संविधान र कानुनको कमी नभएको र कार्यान्वयनको कमी भएको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले कर्मचारीले सहयोग नगर्दा काम गर्न असहज हुने गरको बताए । उनले भने ‘काम गर्ने हुटहुटी हुँदा पनि काम गर्न सकिएको छैन् । काम गर्न कर्मचारीको सहयोग आवश्यक हुन्छ । कर्मचारीबाट सहयोग हुँदैन् ।’
त्यस्तै,उनले आफूले सञ्चार क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।













