• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
☰
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ८. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

भजहरमा रमाउँदै कैलालीका थारू समुदाय

  •   मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित

धनगढी । लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारू समुदायले गाउने ‘सजना’ सुकमैया र रामलाल चौधरी गीत गाउनमा व्यस्त थिए ।

यो दृश्य हो खुला चौरमा बसी अबेर घर फर्किएका कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरका थारू समुदायको । सोमबार नारायणपुरका एक सय ७१ परिवार दिनभरि खुला चौरमा बसेर पूजा गरी खानपिनसँगै रमाइलो गरेर अबेर घर फर्किए । केही दिनअघि घोडाघोडी एक श्रष्टिनगरका थारू समुदाय पनि खुला चौरमा बसी त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।

खुुला चौरमा थारूहरूको महत्त्वपूर्ण पूजा भजहर मनाउन बसेका देखिन्थ्ये उनीहरू । अहिले कैलाली, कञ्चनपुरलगायत थारू समुदायमा भजहरको रौनक छाएको छ । हरेक स्थानमा फरकफरक दिनमा भजहर बस्ने गरिन्छ ।

घोडाघोडी नगरपालिकामा वैशाख २० गतेभित्र सबै गाउमा सक्नेगरी भजहर मनाउने निर्णय भएको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा समितिका सचिव अमन चौधरीले जानकारी दिनुभयो । वैशाखमा मनाइने यो पर्व थारू समुुदायले गर्ने पूजामध्ये एक हो ।

“यो पूजासँगै थारू समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधीले सताउने हुँदा त्यस्ता रोग व्याधी नलागोस् भनेर पूजा गरिन्छ । भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ”, नगर भल्मन्सा बुधराम चौधरीले भने ।

दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । यसल महामारी, रोगव्याधी हट्ने मान्यता रहेको उनले बताए ।

पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुँगुर र कुखुरा बलि दिने गरिन्छ । भजहरमा दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरीले बताउनुभयो । “भजहर मनाउने परम्परा भने पहिले र अहिलेमा फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिनमात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ”, उनले भने ।

भजहरको किंवदन्ती

भजहरको सुरुआत कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरूका छुट्टाछुट्टै कथा र मान्यताहरू रहेका थारू संस्कृतिका अध्येता डा। रामप्रसाद चौधरीले बताउनुभयो । धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उनले जानकारी दिए ।

रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात् जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उहाँलाई घर बाहिर भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारू समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा। चौधरीले बताए ।

सीताको किंवदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरूले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा. चौधरीले जानकारी दिए । उनका अनुुसार विशेषगरी गर्मीयाममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारू समुदायको विश्वास छ ।

थारू समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठुलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दथे । भजहर बसेन भने ठुलो विपत्ति आउने, महामारी र रोगव्याधीले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ३ कि भलमन्सा सीताबी कठरीयाले बताए ।

महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रूपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुुखदुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ सुधिया देवी चौधरी बताउनुहुन्छ । भजहरका बेला गाउँका सबै महिला दिदीबहिनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रूपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ ।

  • भजहरमा रमाउँदै
मङ्गलबार, बैशाख १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी
कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप
कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो
अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित
चाडपर्व लक्षित चेकजाँचमा कडाइ 
कांग्रेस इतर पक्षको धनगढी नगर अधिवेशन सुरु

समाचार

सबै

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

राप्रपा सुदूरपश्चिम अध्यक्षमा पुष्करदत्त भट्ट विजयी

कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

कैलाली–कञ्चनपुरमा वर्षाः काटेको धान खेतमै भिज्यो

अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ५ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.