अछाम । अछाममा एक जनाले हँसियाले आफनै घाँटी रेटेको छ । सोमबार अछाम बान्निगढी जयगढ ३ जाल्तोला बस्ने बर्ष ४० को गणेश लुहारले आफ्नै घरको आँगन अगाडि हसियाले आफ्नै घाँटी रेटेका हुन् ।
घाटीरेटी घाईते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा पठाएको थियो ।
अवस्था गम्भिर भएकोले थप उपचारको लागि धनगढी लिदै गर्दा मंगलबार बिहान डोटीको गैरामा पुग्दा बाटोमानै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।














