धनगढी । नेकपा माओबादी केन्द्रका उपाध्यक्ष एबं प्रचार बिभाग प्रमुख अग्नी प्रशाद सापकोटाले प्रेस सेन्टर नेपालका सुदुरपश्चिम प्रदेश महासचिब तेजराज भट्टका स्वर्गिय बुबा तिलाराम भट्ट प्रती समबेदना व्यक्त गरेका छन् ।
आज धनगढी उपमहानगर पालिका ६ स्थित भट्टको घरमै पुगेर उनले समबेदना व्यक्त गरेका हुन् । साथै प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष राम सिह ठगुन्ना , प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य मदन जोशी र टंक कुवरले पनि बुबा प्रति समबेदना व्यक्त गरेका थिए । उनको यही बैशाख १० गते ८६ बर्षको उमेरमा निधन भएको थियो ।














