धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१५ शान्ति कटान बस्ने देउसरा सार्कीको गोठमा आज आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ३७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













