कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कैलालीका विभिन्न स्थानमा खबरदारी सभासँगै सहिद र बेपत्ता परिवार, घाइते योद्धा र स्थानीयसँग अन्तरक्रिया गर्दै समय बिताएका छन् ।
आज कैलालीको टीकापुर , कैलारी, र धनगढीमा आयोजित खबरदारी सभाको सम्बोधन तथा सहिद र बेपत्ता परिवार, घाइते योद्धासँगै समय बिताए । उनीहरुका कुरा सुन्ने र समस्या समाधानका बिषयमा नै समय बिताएका हुन् ।
उनले सहिदको सपना साकार गर्ने समेत बचन दिए । अध्यक्ष प्रचण्डले प्रत्येक सहिद तथा बेपत्ता योद्धाका परिवारलाई राज्यले परिपुरण दिने बताए । परिपुरण भनेको पैँसा हो त्यो राज्यले दिने सहमति भएको छ उनले भने सोका लागि नेपाल सरकारले एक अर्ब रुँपैया छुट्याएको छ । एक अर्ब रुपैया नेपाल सरकाले छुट्याएपछि विश्वका विभिन्न देशहरुले पनि हाम्रो यो शान्ति प्रकृयाको बाँकी काम टुङ्ग्याउनको लागि अर्बौ सहयोग गर्ने बचन दिएका छन् ।
सबैलाई सहयोग गर्न खर्ब भन्दा बढी चाहिने र त्यो सहयोग पनि सहिद तथा बेपत्ता योद्धा परिवारलाई प्राप्त हुने भएको उनले बताए । उनले कैलालीका खबरदारी सभालाई पनि सम्बोधन गरेका छन् ।
उनले सभालाई सम्बोधन गर्दै अहिलेको सरकार बिचौलियाको भएको बताए । यो सरकार जनताको भन्दा पनि बिचौलियाको होू उनले भने माओवादीले भ्रष्टचारमा लिप्त ठूला नेतालाई कठघरामा हाल्ने भनेर रातारात करोडौ कमाउने नेताको सेटिङमा सरकार परिवर्तन गरियो । उनले यस्तो सरकार जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए ।
दुई बालबालिकाका अभिभाबक बने प्रचण्ड
त्यस्तै अभियानको क्रममा भजनी नगरपालिका–५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष प्रचण्डले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत बिन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिषा थरूनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरे। उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक पात्रो विमोचन गर्नुका साथै बिन्दु राजी र अनिषा थरूनीलाई पाठ्य सामग्रीसहितको झोला हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक,शिक्षिका, विद्यार्थी, अभिभावक तथा पार्टीका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।
अध्यक्ष प्रचण्डले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा पार्टी प्रतिवद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताको सवालमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए ।













