धनगढी । डोटीमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–४ का ४५ वर्षीय हर्कबहादुर नेगी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दुर्घटनामा परि चालकसहित अन्य ६ जना घाइते भएका छन् । घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
गएराति डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।














