कञ्चनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कञ्चनपुरको पुनर्वासमा जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन् ।
पुनर्वास नगरपालिका-२ मा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा ज्यान उत्सर्ग गर्ने योद्धाहरूको परिवारलाई सम्मान गर्दै सहिदहरूको योगदान युगौंसम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त वडाबाट मात्रै १५ जनाले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रमकै अवसरमा नेपाल परिवार दल परित्याग गर्दै विष्णुकुमारी लामिछाने बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् । अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरे ।













