कैलाली । जिल्ला अदालत कंञ्चनपुरले दुई बर्ष कैद सजाय सुनाएका फरार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको २०८१।०१।१६ गतेको फैसलाले बैङ्किङ कसुर (चेक अनादर) मुद्दामा २ बर्ष कैद सजाय र रु.५००।– जरिवाना तोकिएका बर्ष २७ का प्रकाश सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
कञ्चनपुको, शुक्लाफाटा ११ कलुवापुर बस्ने सार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झलारी बजारबाट पक्राउ गरेको जनाएको छ ।













