धनगढी । नेकपा एमाले डोटीका पूर्व जिल्ला कमिटी सदस्य तथा समाजसेवी लोकेन्द्रबहादुर शाह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
उनले एमाले परित्याग गरि आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
शाहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौंमा आज पार्टीमा स्वागत गरेका छन् ।
अध्यक्ष प्रचण्डले शाहलाई खादामालासहित पार्टीमा स्वागत गरे ।
हाल देशमा रहेको एमाले-कांग्रेसको दुई तिहाईको सरकारले जनताका हितमा काम गर्न नसकेको र माओवादी नै देश र जनताको पक्षमा काम गर्ने पार्टी भएकाले पार्टी प्रवेश गरेको शाहको भनाइ छ ।
पछिल्लो समय देशका विभिन्न ठाउँमा अन्य पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को लागेको छ ।
माओवादीले सुशासन,सामाजिक न्यायको पक्षमा काम गरेका कारण पार्टीप्रतिको जनआकर्षक बढ्दै गएको माओवादी केन्द्रले जनाएको छ ।














