काठमाडौं । काठमाडौं, नागार्जुन नगरपालिका-४ रानीपाटीको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । त्यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोकको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














