फाटेका मन, सिलाओस् दसैँले !
मित्रभाव, मिलाओस् दसैँले !!
वर्षौको त्यो, अलिनो पेटमा !
नुन भए नि, खिलाओस् दसैँले !!
ओखतीमूलो, नसक्ने जनलाई !
दैवीय अमृत, पिलाओस् दसैँले !!
कामना छ सबैमा, यो ‘पुकार’को !
हाँसो खुसी, दिलाओस् दसैँले !!
पुष्पराज जोशी ‘पुकार’
मटकौना, कैलाली













