कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१ एलएनचोकस्थित भित्री सडकखण्डबाट भारतबाट भन्सार छली गरी ल्याइएको सामानसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
शुक्रबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारत पलिया एमकेएल कलौनी बस्ने ३५ वर्षीय अमित कुमार सक्सेनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सक्सेनाले चलाइरहेको भारतीय नम्बर यूपी ३१ सीबी २८२६ को गाडीमा अन्दाजी १ लाख १० हजार रुपैयाँ बराबरका पर्दा फेला परेको थियो। पर्दा र गाडी गरी बरामद सामानको कुल अनुमानित मूल्य १३ लाख १० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यसैगरी, कैलालीका विभिन्न स्थानबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका २ लाख ४ हजार ६२० रुपैयाँ बराबरका सामान बेवारिसे अवस्थामा बरामद गरेको छ।
बरामद सामानमा बिडी, सुर्ती, पंखाका पाता, मटर, विभिन्न किसिमका कपडा, पानी तान्ने मोटर, किरानालगायतका सामान रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले ती सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद सामानमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














